नागरिक पोष्ट News


बेहुलासहित १५ जनालाई लाग्यो कोरोना, जन्ती गएका १२७ जना क्वारेन्टाइनमा

2.8K

भारतको राजस्थानस्थित भीलवाडामा एक वैवाहिक समारोहमा प्रतिबन्धका बाबजुद २५० जना जन्ती बोकेर गएका बेहुला सहित विवाहमा आएका १५ जनामा कोरोना संक्रमण देखिपछि जन्ती गएका १२७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

भारतीय मिडियाका अनुसार उनीहरुको क्वारेन्टाइन र उपचार खर्च दुलाहाका बाबुबाट असुल्ने निर्णय सरकारले गरेको छ । सरकारी खर्चअनुसार क्वारेन्टाइनमा रहेका १२७ जनाको खर्च हालसम्म ६ लाख २६ हजार ६ सय आएको भारतीय मिडियाले जनाएको छ ।

Must View