बालबालिकामा कोरोनाको संक्रमण बढ्यो, अभिभावकहरु बेलैमा सचेत हुन जरुरी छ
4.1K
१७ असार, काठमाडौं । सरकारले नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै अभिभावकलाई सचेत हुन आग्रह गरेको छ ।
नेपालमा १८ वर्षमुनिका २ हजार ६१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिममा ९ वर्षमुनिका १ सय ७५ जनामा कोरोना संक्रमण भएको छ भने केहीको मृत्यु भएको छ ।
बालबालिकामा कोरोना संक्रमण देखिए अरुमा सर्ने सम्भावना बढी हुने भन्दै मन्त्रालयले बालबालिकालाई सकेसम्म घरमै राख्न आग्रह गरेको छ ।
बालबालिकालाई भिडभाडमा नलैजाने र लैजानै परेमा आफू र बालबालिकाले अनिवार्य मास्क लगाउने, अरुसँग २ मिटरको दूरी कायम गर्ने, बेला बेलामा हात धुने गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । त्यस्तै आमाबुबालाई संक्रमण भएमा बालबालिकाबाट अलग्गै बस्न पनि आग्रह गरेको छ ।