नागरिक पोष्ट News


काठमाडौंमा थप ८ सहित ४६८ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १३ हजार २ सय नाघ्यो

1.7K

काठमाडौँ, असार १५ गते । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका छन् । 

उपत्यकामा थप आठ सङ्क्रमित काठमाडौँ जिल्लामा दुई महिला र चार पुरुषसहित छजना, ललितपुर र भक्तपुरमा एक एकजना पुरूषलाई कोरोना भाइरस पुष्टि भएको छ ।  

थप एक मृत्यु

ललितपुरकाे सानेपामा रहेकाे स्टार अस्पतालमा राैतहटका ३० वर्षका एक पुरूषकाे निधन भएकाे छ । १३ गते स्वाब पठाएकाेमा साेही दिन राति ८ गते फाेक्साेका ती विरामीकाे मृत्यु भएकाे हाे । परीक्षणकाे नतिजा असार १४ गते पाेजेटिभ आएसँगै मृत्यु हुने २९ पुगेकाे छ ।

Must View