काठमाडौको तारकेश्वर धर्मस्थली, साङ्गला र नुवाकोटमा पनि देखियो सलह किरा
काठमाडौको तारकेश्वर नगरपालिका अन्र्तगत धर्मस्थली र साङ्गलामा पनि सलह किरा भेटिएको छ । थोरै मात्रामा धर्मस्थलीमा भेटिएको धर्मस्थली निवासी अजय महर्जनले फेसबुक वालमा लेखेका छन । यसै बिच त्यको केही समयमा सोही नगरपालिका अन्र्तगत साङ्गामा पनि भेटिएको श्याम कार्कीले बताए ।
काठमाडौंको दक्षिणकाली नगरपालिका र ललितपुरको महांकाल गाउँपालिकामा दिउँसो ३ बजे सलह देखिएको थियो ।
नुवाकोटका विभिन्न स्थानमा पनि सलह किरा देखिएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटमा अनुसार जिल्लाको बिदुर, बेलकोटगढी नगरपालिका लगायतका क्षेत्रका सलह किरा देखिएको हो । सलह अहिले थोरै संख्यामा थोरै देखिएपनि उच्च सतर्कता अपनाउनुपर्छ, तत्कालका लागि धानको बीउ, कोदोको बीउ जोगाउन किसानलाई ज्ञान केन्द्र नुवाकोटले अनुरोध गरेको छ ।
। बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चितवन, काभ्रे, सिन्धुली, रामेछाप, काठमाडौं, ललितपुर, लमजुङ, अर्घाखाँची, दाङ, पाल्पालगायतका जिल्लामा सलह किरा देखिएको जनाएको छ ।