सयुक्त राष्ट्रसंघको गाडी भित्र यौन सम्पर्क गर्दै गरेको भिडियो भाईरल... महासचिव गुटेरसद्धारा निन्दा
2.9K
एजेन्सी असार १३ । ईजरायलको तेल अभिव शहरमा सयुक्त राष्ट्रसंघको गाडीमा एक जोडीले यौन सम्पर्क गर्दै गरेको भिडियो अहिले ब्यापक भाईरल बनेको छ । यस घटनाको जानकारी पाए लगत्तै सयुक्त राष्ट्रसंघले छानविन शुरु गरेको जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले घटनाप्रति निन्दा गरेका छन् । यस भिडियोमा राष्ट्रसंघको सेतो रगको गाडीभित्र सिटमा रातो रंगको कपडा लगाएकी महिलाले एक पुरुषसँग सेक्स गर्दै गरेको देखिन्छ । यो गाडी सयुक्त राष्ट्रसंघको टु्रस पर्यावरण संगठन( युएनटिएसओ) को भएको बताईएको छ । राष्ट्रसंघका प्रवक्ता स्टीफन दुजारीकले यसका दोषीलाई उन्मुक्ति नदिने बताए । १८ सेकेण्डको यो भिडियोमा सेक्स गर्ने व्यक्ति ईजरायलमा कार्यरत सयुक्त राष्ट्रसंघको शान्ति संगठनको कर्मचारी भएको दाबी गरिएको छ ।