नागरिक पोष्ट News


मलाई प्रधानमन्त्रीबाट हटाउन विदेशी दुतावास सक्रिय भए तर मलाई हटाउन संभव छैन ओली

1.8K

काठमाडौँ असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा ल्याए पछि आफूलाई हटाउन विदेशी दुतावास सक्रिय भएको र होटलहरुमा गतिविधि भईरहेको दाबी गर्दै आफूलाई हटाउन असंभव रहेको बताएका छन् । मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा धानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन होटलमा गतिविधि भएका र दूतावास सक्रिय भएको दाबी गरे पनि दुतावासको नाम लिएनन् । तर उनले नक्सासगँ जोडेका कारण त्यो भारतीय दुतावास भएको अनुमान गर्न सकिन्छ । भारतको बिरोधका बीच ओलीले नेपालको पूर्ण नक्सा परिवर्तन गराएका छन् । भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा छापेपछि आफूविरुद्ध षड्यन्त्र भएको भन्दै उनले आजका लागि नभई भोलिका लागि पनि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभए पनि अहिले हटिँदिदा आगामी दिनमा नेपालको पक्षमा बोल्दा अर्को प्रधानमन्त्री हट्नुपर्ने अवस्था आउने बताए । त्यस्तै प्रधानमन्त्री ओलीले नेकपा र संसदीय दल पनि कसैको बहकावमा नकुद्‍ने दाबी गरे । उनले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी भएपछि भारतले भारतीय मिडियामार्फत आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको भन्दै तर त्यो प्रयास सफल हुन नदिने बताए । उनले नेपालले अरुको जमिन हस्तक्षेप नगरेकाले त्यो जमिन फिर्ता गरेरै छाड्ने पनि बताए ।

Must View