सलहबाट जोगाउन धानको बीउ त्रिपाल वा प्लास्टिकले ढाक्न अपील ! एक किलो सलह ल्याउनेलाई २० रुपैयाँ दिने प्रदेश सरकारको घोषणा
2.3K
रुपन्देही, पाल्पा, सर्लाही सप्तरीमा सलह कीरा देखा परेको छ । सलहबाट बालीनाली जोगाउन प्रदेश नं ५ सरकारले पुरस्कारको घोषणा समेत गरेको छ । एक किलो सलह समातेर ल्याउनेलाई २० रुपैंयाँ पुरस्कार दिने निर्णय प्रदेश सरकारले गरेको हो । प्रदेश सरकारले धानको बीउ जोगाउन त्रिपाल र प्लाष्टिकले छोप्न समेत किसानहरुलाई अपील गरेको छ । सलह किरा हावाको वहाव जता हुन्छ, त्यतै जान्छ । रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेका मन्त्रालयले जनाएको छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।