अमेरिकामा कोरोनाबाट १ लाख २५ हजारको मृत्यु: दुई करोडभन्दा बढीमा कोरोना संक्रमण हुने सीडीसीको प्रक्षेपण
काठमाडौं । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ लाख २५ हजारभन्दा बढी पुगेको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हाल अमेरिकामा कोरोना संक्रमितहरुको संख्या २४ लाख ५२ हजार बढी छ । दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुने प्रक्षेपण अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले यो आशंका गरेको छ ।
सीडीसीका अनुसार यस महामारीको चपेटामा धेरैजसो युवाहरु पर्ने छन् । यद्यपि यसको फाइदा के हुनेछ भने युवाहरुको रोग प्रतिरोधक क्षमता बढी हुने भएकाले मृत्यु दरमा कमी आउने छ ।
सीडीसीको संक्रामक रोग विशेषज्ञ डा. जोय बटलरका अनुसार युवाहरु बढी संक्रमित हुनुको कारण उनीहरुले प्रौढहरुले भन्दा कम सुरक्षाका उपाय अपनाउनु हो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को आपतकालीन टिमका प्रमुख डा. माइक रियानका अनुसार अमेरिकामा अझै कोरोना संक्रमण उच्च विन्दुमा पुगिसकेको छैन । आगामी दिनमा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या बढ्ने सम्भावना छ ।