नागरिक पोष्ट News


शनिवार र आईतबार सार्वजनिक बिदाको प्रस्ताव

6.1K

काठमाडौं । सांसद भीमसेनदास प्रधानले कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले कोरोना नियन्त्रणकै लागि शनिबार र आईतबार विदा दिन (प्रस्ताव) माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लकडाउन खुकुलो बनाउँदा सवारी साधनहरुको चापसँगै सर्वसाधरणको चहलपहल बढेकाले शनिबार र आईतबार पनि सार्वजनिक विदा दिने व्यवस्था गर्न माग गरे ।यता, अर्का सांसद मिनबहादुर विश्वकर्माले लकडाउन अवधिलाई शून्य समय मानेर राहतको व्यवस्था गर्नुपर्ने बताए ।

बैठकमा बोल्दै उनले भने– ‘लकडाउनभरीको आर्थिक कारोवार र दायित्वबारे सर्वत्र विवाद, बहस र अन्योल देखिएकाले लकडाउन सुरुदेखि अन्तिम सम्मको अवधिलाई शून्य समय मानेर सबै बर्गलाई राहत पुग्ने गरि प्याकेजको व्यवस्था गर्नुपर्छ ।’उनले लकडाउन सुरु गरेदेखि अन्तिम दिन सम्मको शून्य समय मानेर यो शून्य समयमा व्यापार व्यवसाय रहेको घरधनीले घरभाडा नलिने निर्णय गनुपर्नेमा जोड दिए ।

Must View