नागरिक पोष्ट News


कोरोना फैलिने खतरा ! 'काठमाडौं भित्रिनेहरु संक्रमित क्षेत्रबाट आइरहेका छन'

2.3K

काठमाडौं । चिकित्सकहरुले कोरोना नियन्त्रणको लागि सबै निकाय जिम्मेवार बन्नुपर्ने बताएका छन् । परीक्षणको दायरा बढाउनुपर्ने र आम नागरिकले पनि आवश्यक नियम पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले नेपालमा पछिल्लो समय कोरोनाको अवस्था कस्तो रहेको छ ? भन्ने र शुक्रराज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले के गरिरहेको छ ? भन्नेबारे प्रकाश पारेका थिए । 

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले कोरोना नियन्त्रण सरकारको प्राथमिकतामा नपरेको गुनासो पोखेका छन् । 

जनस्वास्थ्य विज्ञ डा. समिरमणि दिक्षितले पनि नेपालमा कोरोना कुन मात्रामा फैलिरहेको छ भन्ने थाहा पाउनको लागि परीक्षणको दायरा बढाउनुपर्ने बताए । परीक्षणका दायरा बढाउन सकिए नेपालमा कोरोना कुन लेभलमा छ भन्ने कुराको यकिन हुनेथियो भन्ने उनको भनाई हो । उनले क्वारेन्टिन अव्यवस्थति हुनुको कारण पनि पिसिआर परीक्षण नगरिनु भएको तर्क गरे ।

Must View