नागरिक पोष्ट News


समाजसेवी राजेश्वरी श्रेष्ठको समूहबाट थानकोटका १२ घर एकल महिलाहरूलाई खाद्यान्न सामाग्री बितरण

2K

कुल बहादुर शाहीको आफ्नै कथा, आफ्नै ब्यथा : 

 जुम्लाका कुलबहादुर शाही बिगत ९-१० बर्षदेखि म्याराथुन धाबककाे माध्यमबाट राष्ट्रलाई चिनाउन निरन्तर लागि पर्दै गर्दा गिनिज वल्र्ड रेकर्ड राख्न सफल भए । उनिसँग ५० औं  प्रमाणपत्रहरू छन्,,, जुम्लाबाट काठमाडौमा आफ्नो योग्यता र क्षमता देखाउन आउनु भयो । तर कतै कदर भएन । ६-७ महिना सेक्युरिटी गाडमा काम गरे,,, तर भनेकाे बेलामा तलब पाएनन,

अहिले काेराेनाकाे महामारीको कारण लगडाउन लगाएकोले गर्दा आफु बाच्नकाे लागि राहत माग्न प्रधानमन्त्रीकाे कार्यालयदेखि टाेखा नगरपालिका , तारकेश्वर नगरपालिका सम्म पुगे, जुत्ता फाट्याे रे,,,तर राहत पाएनन । पुर्व मन्त्री अर्जुननरसिंह केसीलाई एउटा ग्यास ब्यवस्था गरिदिनु पर्याे भनेर बिन्ती गर्दा उहाँले टाेखा नपा वडा ११ का वडाअध्यक्ष लाई सिफारिस गरे तर वडा अध्यक्षले पनि नदिए पछि तारकेश्वर सञ्चार मञ्चका अध्यक्ष पुकार तिमिल्सिनालाई भेटेर अनुराेध गरेपछि पुकारजीले हिजो मलाई सम्पर्क गरेर कुलबहादुरकाे फोन नम्बर उपलब्ध गराएर आजै उहाँलाई राष्ट्रिय नागरिक बिकास समाजकी मानार्थ सल्लाह तथा सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठ ज्यु र म भएर दुई महिनासम्म पुग्ने खाद्यान्न, दाल, तेल, नुन, तरकारी ग्याँस उपलब्ध गराइ दियाैं ।

साथै थानकोटकाे मातातिर्थमा बसाेबास गर्ने १२ घर परिवार एकल महिलाहरूलाई पनि १० केजी चामल, नुन, तेल, दाल राहत स्वरूप हस्तान्तरण गरियाे । यसमा बिशेष सहयोग गर्नु हुने समाजसेवी शर्मिला तामाङ, सञ्चारकर्मी सावित्री बस्नेत, नागरिक समाजको एम्बुलेन्स चालक गाेरे श्रेष्ठलाई धेरै धेरै धन्यवाद ।

Must View