नागरिक पोष्ट News


राधिका तामाङ , जसले गाडी किन्ने पैसा स्वास्थ्य क्षेत्रका लागि फिर्ता गरिन्

10.6K

बागमती प्रदेशको उपसभामुख राधिका तामाङले नयाँ गाडी किन्न र निवासमा नयाँ भवन बनाउन छुट्याएको रकम फिर्ता गराएका  छन । विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण नेपालमा पनि स्वास्थ्य क्षेत्रमा संकट भएको बेला जनताको स्वास्थ्य र अन्य अति आवश्यक क्षेत्रमा खर्च गर्न भन्दै उक्त रकम फिर्ता गराएका हुन ।

वागमती प्रदेशसभा सचिवालयले उपसभामुख तामाङको लागि नयाँ गाडी किन्न र सडक डिभिजनको कम्पाउन्डभित्र नयाँ भवन बनाउनका निम्ति रकम विनियोजन गरेको थियो । गत २०७६ फागुन १४ गते बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गाडी किन्ने निर्णय गरेको थियो भने भवन बनाउने निर्णय प्रदेशसभाको स्वीकृत वार्षिक कार्यक्रममा परेको थियो ।

फिल्डमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री समेत नपुगिरहेको अवस्थामा सरकारको ध्यान त्यता केन्द्रीत होस भनेर हाम्रा समस्या थाती राखेर मैले यो निर्णय गरेकी हूँ । ‘म लकडाउनको बिचमा पनि तीन पटक विभिन्न जिल्ला र आफ्नो निर्वाचन क्षेत्र पुगें, त्यहाँको अवस्था र देशैभरि कोरोना नियन्त्रणका लागि आवश्यक तयारीमा रहेका अभाव देखेपछि मन बदलियो’ उपसभामुख तामाङले भने ।

सचिवालयले सभामुख र उपसभामुख निवासमा स्वकिय सचिवालय निर्माणका लागि भनेर ५८ लाख ३० हजार रकम विनियोजन गरेका थिए ।

ताम्सालिङ खबर बाट

Must View