भक्तपुर खरिपाटी क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना संक्रमण पुष्टि
1.9K
काठमाडौं । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरु २३ जेठमा यूएईबाट नेपाल आएका थिए ।
१४ दिन बसेपछि स्वाब संकलन गरेर उनीहरुलाई घर पठाइएको थियो। तर असार ११ गते विहिबार एक महिलासहित तीन पुरुष गरी ४ जनामा संक्रमण पुष्टि देखिएको छ ।