काठमाडाैँ र भक्तपुरका दुईसहित थप ६२९ सङ्क्रमित, कुल सङ्क्रमित दश हजार ७२८ पुग्याे
काठमाडौँ, असार १० गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमितमध्ये ११० जना महिला र ५१९ पुरुष रहेका छन् । काठमाडाैँका एक पुरूष र भक्तपुरका एक महिलालाई पनि कोरोना लागेको पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको सख्ंया १० हजार ७२८ पुगेको छ । उनीहरूमध्ये २४ जनाको मृत्यु भएको छ ।
२४ घण्टायता डिस्चार्ज हुनेको संख्या ११४ छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या दुई हजार ३ ३८ जना रहेको छ ।
कञ्चनपुरका ८६ जना, दाङका ७६, डोटीका ४८, रौतहटका ४४, सर्लाहीका २१, धनुषाका २०, पाल्पाका १५, सुर्खेतका १४, अछामका १३, महोत्तरीका १२, झापाका ११ तथा अछाम र प्युठानका १०/१० जना छन् ।
यस्तै, कास्की, वाग्लुङ र बाँकेका ९/९ जना, बाजुराका ८, स्याङ्जाका ७, सप्तरीका ६, नवलपुर, गुल्मी र लमजुङका ५÷५ जना, बैतडी, दैलेखका ४÷४ जना, गोरखाका ३, पर्वत र धादिङका २/२ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, भक्तपुर, चितवन, सुनसरी, मोरङ, तनहुँ, पर्वत, कपिलवस्तु, रुपन्देही, बर्दिया, जाजरकोट र कालीकोटका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।