नागरिक पोष्ट News


नगरपालिकाको निर्देशन नै नमानी, तारकेश्वरमा यसरी डाँडा - काँडा फँडानी हुदैछ !

2.4K

१० असार, काठमाडौ । तारकेश्वर नगरपालिकाको विशेष गरी वडा नं. १ र २ मा सबैभन्दा धेरै डाँडा फडानी भइरहेको छ । यहि असार ७ गते तारकेश्वर नगरपालिकाको नगर प्रमुखले डाँडा भत्काउने र प्लटीङका काम तत्काल रोक्न विज्ञप्ति जारी गरेपनि भूमाफियाहरुले अटेर गरेर बालुवा उत्खनन् गरिरहेका छन् ।

एक जनप्रतिनिधिले हामीसँग भनेका छन् – नगरपालिकाको निर्देशन नमान्ने जो कोहीलाई पनि प्रहरि प्रशासन लगाएर कारवाही गरिनुपर्ने बताएका छन् ।

वर्षाको समयमा मनोमानी ढंगले डोजर चल्दा दर्जनौ बस्ति पहिरोको जोखिममा परेका छन् । वातावरणीय अध्ययन बिना नै डोजरले बस्ति मात्र नभई जंगल फडानी गर्ने काम समेत भएको छ ।

विगतका वर्षहरुमा तारकेश्वर वडा नं. ९ मा भूमाफियाले डाँडा भत्काउँदा ४–५ घरमा क्षति पुगेको थियो ।

प्लटिङ्गको नाममा डोजर र ट्रिफर चल्दा सडकहरु भत्किएर दयनिय अवस्थामा पुगेको छ । तारकेश्वर नगर प्रशासनले डोजर नचलाउनु भनेर सार्वजनिक सूचना नै निकालेको छ ।

सूचनामा भनिएको छ बर्खामा सम्भावित पहिरो, भूक्षय लगायतको प्राकृतिक प्रकोपको जोखीमलाई रोक्न अर्को सूचना नआएसम्मको लागि डोजर नचलाउनु र सूचनाको अवज्ञा गरे कडा कारवाही गरिने भनिएको छ तर नगरप्रशासनलाई नै चुनौती दिँदै डाँडा मास्ने काम रोकीएको छैन ।

तारकेश्वरको साङ्कला, काभेस्थली, भण्डारीगाँउ , जितपुरफेदी लगायतका स्थानहरुमा निर्वाद रूपमा डोजर चलिरहेका छन ।

From : farakpatra 

 

Must View