नागरिक पोष्ट News


सुशान्तको निधनपछि यी बलिउड अभिनेत्रीहरुलाई के भयो

1.6K

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि उनका कथित प्रेमिका तथा पूर्वप्रमिकाहरुमाथि नराम्रो टिप्पणी गर्नेहरु प्रति अभिनेत्री सोनम कपुरले आक्रोश व्यक्त गरेकी छिन् । सुशान्तले गत आईबार डिप्रेसनका कारण ३४ वर्षको उमेरमा आत्महत्या गरेका थिए ।

सोनमले ट्वीटरमा लेखेकी छिन्, ‘कसैको मृत्युको कारण प्रेमिका, पूर्व प्रेमिका, परिवार र साथीभाईलाई दोष लगाउनु अज्ञानता हो र यो नराम्रो सोच हो ।’

सोनमको सो ट्वीटले आधा घण्टामै पाँच हजार लाइक्स बटुलेको थियो ।

सोनम मात्र पहिलो व्यक्ति होइनन् जसले यस प्रकारको भावना व्यक्त गरेकी छिन् । यसअघि अभिनेत्री कृति साननकी बहिनी नुपुरले पनि सामाजिक सञ्जालमा आफ्नी दिदीलाई ट्रोलरहरुले ‘मुटु नभएकी’ भनेर टिप्पणी गरेको भन्दै गुनासो गरेकी छिन् । रब्ता फिल्ममा सुशान्तसँग काम गरेर पनि सुशान्तको मृत्युमा केही नबोलेको भन्दै मानिसहरुले दिदी कृतिको आलोचना गरेका थिए ।

साथै अभिनेत्री सोनाक्षी सिन्हाले पनि सुशान्तको निधनको बहानामा आफ्नो मुद्दालाई चर्चित बनाउन खोजेको भन्दै घृणा र नकरात्मक नफैलाउन आह्वान गरेकी छिन् ।

यस्तै अभिनेत्री जायरा वसिमले पनि यस प्रकारको ट्रेण्डप्रति दुख व्यक्त गरेकी छिन् । स्वर्गिय अभिनेता राजपूतको सोमबार अन्तिम संस्कार गरिएको छ ।

Must View