नागरिक पोष्ट News


चीनीया सेनासगँको भीडन्तमा कर्णेल सहित कम्तीमा २० भारतीय सेना मारिए

2.5K

नयाँदिल्ली असार २ ।  लद्धाखमा चीन र भारतीय सेनाबीच हिंशात्मक र रक्तपातपूर्ण झडपमा कर्णेंल सहित २० भारतीय सेना मारिएका छन् । हिजो राति लामो समय भएको झडपमा यस अघि दिउसो सम्म तीन जना भनिएकामा अहिले यो संख्या २० रहेको भारतीय उच्च सैनिक स्रोतलाई उद्धृत गर्दै ईन्डिया टुडेले खबर लेखेको छ । मारिनेमा बिहार रेजिमेन्टका कर्णेल सन्तोष बाबु, हवल्दार पालानी र सिपाही कुन्दन झा रहेको पनि सो समाचारमा उल्लेख छ ।

अन्यको नाम पुष्टी भएको छैन । मृतक सैनिकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको सो समाचारले लेखेको छ । द टेलिग्राफले भारतीय सेनाका एक मेजर सहित ३४ जना वेपत्ता भएको दिउसो खबर प्रकाशित गरेको थियो । उनीहरुलाई चीनीया जनमुक्ति सेनाले कब्जा गरेको या मारिएको आशंका टेलिग्राफले गरेको चीनीया सञ्चार माध्यम ग्लोबल टाईम्सले उल्लेख गरेको छ । सन् १९६२ को यद्धको शुरुको बेला भएको झडपमा एकै पटक ३३ भारतीय सेना मारिए यता यो नै ठूलो संख्यामा हताहती भएको भारतीय सञ्चार माध्यमहरले लेखेका छन् । भारतीय सञ्चार माध्यमले चीन तर्फ ३ देखि ५ जना जनमुक्ति सेना मारिएको र ११ जना घाईते भएको दाबी गरिए पनि चीनीया सेनाले यस बारेमा कुनै प्रतिकृया दिएको छैन ।

Must View