निर्धारित समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई तत्काल कारवाही गर्छौ - सभापति कोइराला
2K
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले ठेक्का लिने र निर्धारित समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएको छ । पोखराको फेवाताल ठूलाखेतस्थित खहरे खोलामा निर्माणधिन पक्की पुलको अनुगमन गर्दे समितिले सो चेतावनी दिएको हो । २०७७ जेष्ठ १९ गते भित्र सम्पन्न गर्नेगरि पुल निर्माणको जिम्मा पाएको निलगिरी कन्स्ट्रक्सन काठमाडौंले निर्धारित समयमा आधा जस्तो मात्रै काम गरेपछि समितिका सभापति दीपक कोइरालाले पुलनिर्माणधिन स्थलबाटै फोन गरेर निर्माण कम्पनीका बसन्त कुमार लामालाई पहिलाको जस्तो ठेक्का लिने काम नगर्नेलाई अब कारवाही गर्ने चेतावनी दिनुभएको हो । अनुगमनमा आउछन जान्छन भन्ने सोचेको भए त्यो गलत हुनेभन्दै सभापति कोइरालालाई अनुगमन समिति आउदा आगामीदिनमा प्रत्यक्ष आफै उपस्थित भएर कामको बारेमा जानकारी दिन निर्देशन दिनुभयो ।