यसरी गरियो, पर्वत दुर्लुङ पहिरोका मृतकहरुको सामुहिक अन्त्येष्टी
पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका ८ जनाको सामुहिक दाहस्ंसकार गरिएको छ । उनिहरु मध्ये ६ जनाको मोदीवेणीमा र अन्य दुई जनाको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो । पर्वतको मोदीवेणीमा पाँच वटा चिता बनाएर ६ जनाको दाहसंस्कार गरिएको छ । मृतक मध्ये ५३ वर्षिय तुलबहादुर र उहाँकी श्रीमती ५२ वर्षिय मिनकुमारी थापालाई एउटै चितामा जलाईएको हो भने नाती सम्राट, नातीनी बिबिसा लाई छुट्टाछुट्टै चितामा जलाईएको हो ।
त्यस्तै अर्को परिवारका ३२ वर्षीया कमला बिक र उनकी छोरी ८ वर्षीया प्रमिशा बिकलाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंसकार गरिएको थियो । एउटै गाउँका ६/६ जनाको एकैपटक दाहसंस्कार गरिएको यो नौलो घटना हो । दाहसंस्कारका लागि घाटमा सैयौको सख्ंयामा पुगेका नागरिहरु भावविह्वल बनेका थिए । तुलबहादुर दम्पत्तीलाई उनका छोरा अम्मरबहादुर थापाले दागवत्ती दिएका छन् भने पहिरोमा आफ्नो छोरा सम्राट र बिबिसा लाई गुमाएका उनले छोरा छोरीलाई पनि दागवत्ति दिनुपर्ने बाध्यता आइपर्यो । भक्कानीदै एकपैपटक जन्मदिने बाबु आमा र आफैले जन्माएका छोराछोरीलाई दागवत्ती दिँदा उनको मन सम्हालिएको थिएन ।
-News Source : http://newsdabali.com/
त्यसैगरी कमला विक र उनका छोरीलाई जेठाजु पर्ने चक्रबहादुर विकले दागवत्ती दिए । त्यसैगरी पहिरोमा पुरिएका आमाछोरा ३४ वर्षिय दिर्पा थापा र १७ वर्षिय विवेक थापाको बागलुङको जैमिनी नगरपालिका स्थित कालीगण्डकी किनारमा पर्ने जैमिनी घाटमा अत्येष्टी गरिएको छ ।
- फोटो सौजन्य बैकुण्ठ गिरी