नागरिक पोष्ट News


मोटरबाइकमा जोर-बिजोर लागू हुन्छ, २ जना सवार पाइँदैन : ट्राफिक प्रहरी, आइतबार १ हजर ५ सय कारवाहीमा

2.8K

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट सोमबार १ हजार ८ सय २३ ओटा जोर नम्बर प्लेटका सवारी साधनलाई ट्राफिक प्रहरीले होल्ड गरेको छ ।

१ हजार ५ सय ६९ ओटा २ पाङ्गे र २५४ ओटा चार पाङ्गे सवारी साधनलाई होल्ड गरिएको  महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सोमबार असार १ गते बिजोर गतेका दिन जोर नम्बरका सवारी साधन चलाएको पाइएकाले उक्त सवारी साधनलाई ट्राफिक प्रहरीले होल्ड गरेको हो ।

सवारी साधनको नम्बर प्लेटको अन्तिम अंकको आधारमा जोर र बिजोर छुट्याइएको छ । दुई पाङ्गे सवारी साधनमा पनि आजबाट जोर बिजोर लागू भएको हो ।

योसँगै २ पाङ्गे सवारी साधनमा चालक मात्र सवार हुन पाईने महाशाखाले स्पष्ट पारेको छ । चार पाङ्गे सवारी साधनमा पनि चालक र पछाडि २ जना गरी  ३ जना मात्रै चढेर यात्रा गर्न पाउने व्यवस्था रहेको महाशाखाको भनाइ छ ।

Must View