नागरिक पोष्ट News


बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या खबरले बलिउड जगत स्तब्ध

2.6K

काठमाडौं– बलिउडका सिने उद्योगका समर्थकलाई स्तब्ध बनाउने खबर आएको छ । आमिर खानको सफल चलचित्र पिकेका सहअभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेको खबर भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन् ।

उनको आत्महत्याको खबर बाहिरिएसँगै मुम्बई प्रहरी अनुसन्धानका लागि उनको मुम्बईस्थित घर पुगेको छ । प्राप्त खबर अनुसार सुशान्तको घरमा काम गर्ने व्यक्तिले प्रहरीलाई फोन गरेर आत्महत्याको जानकारी गराएको लाइभ हिन्दुस्तान डट कमले जनाएको छ ।

नवभारत टाइम्सले पनि उनले आत्महत्या गरेको समाचार दिएको छ । टाइम्स अफ इन्डियाले ३४ वर्षीय अभिनेताले मुम्बईस्थित निवासमै आत्महत्या गरेको र थप विवरण आउन बाँकी रहेको समाचार दिएको छ ।

Must View