नागरिक पोष्ट News


निजी प्रयोगशालाले पनि कोरोनाको परीक्षण गर्न पाउने, पीसीआर परीक्षण शुल्क ५ हजार ५ सय

1.6K

काठमाडौँ — सरकारले निजी प्रयोगशालालाई पनि कोरोनाको पीसीआर परीक्षणका लागि स्वीकृति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेका निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्न पाउने बताएको छ ।

भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पीसीआर परीक्षण गराउनु परेमा पाटन अस्पताल, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा ५ हजार ५ सय तिरेर गर्न सकिने व्यवस्था समेत गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

सरकारले पीसीआर परीक्षणका लागि निजी प्रयोगशालालाई प्रति पीसीआर परीक्षण शुल्क ५ हजार ५ सय भुक्तानी गर्ने मन्त्रालयका प्रवक्ता गौतमले  बताए ।

Must View