नागरिक पोष्ट News


लकडाउनमा राष्ट्रिय स्वयंसेवक नेपालद्वारा काठमाडौं आसपासका क्षेत्रमा सहयोग

1.5K

काठमाडौं, राष्ट्रिय स्वयंसेवक नेपालका स्वयंसेवककाे पहलमा काठमाडौंको टोखा, टिकाथली, कोटेश्वर तथा भक्तपुर आसपासका क्षेत्रमा सामाजिक दुरि कायम गरि राहत वितरणकाे कार्य सम्पन्न भएकाे छ ।

बुधबार आयाेजित राहत वितरण कार्यक्रममा त्यस क्षेत्रका आर्थिक स्थिति नाजुक भएका, असहाय तथा बिपन्न समुदायका १०० भन्दा बढी मानिसलाई राहत वितरण गरिएकाे हाे । उनिहरुलाई प्रतिव्यक्ति १० केजी चामल, २ केजी दाल, १ लिटर तेल र १ प्याकेट नुन राहत स्वरुप बाँडिएकाे छ ।

 

राहत सहयाेग गर्ने राष्ट्रिय स्वयंसेवकका सम्पुर्ण टिमद्वारा नगद संकलन गरि राहत बितरण सम्भव भएको हो। त्यस्तै युवा अभियन्ता तथा राष्ट्रिय स्वयंसेवकका सस्थापक अध्यक्ष सन्दीप ठगुन्नाले आफैँ उच्च जोखिममा हुँदा हुँदै पनी राहत सहयाेग गर्ने सम्पुर्णलाइ धन्यवाद दिनुका साथै संकटकाे घडिमा सबैले यसरी नै सहयाेगका हात बढाउनुकाे विकल्प नरहेकाे बताए ।

rsn nepal corona specific relief package distribution program

 

नेपाली सनातन धर्मालम्बिहरुको गैरराजनीतिक, गैरलाभकारी सामाजिक सङ्गठन राष्ट्रिय स्वयंसेवक नेपालले सनातन धर्म र संस्कारको संरक्षण संवर्द्धन लगायतका विभिन्न परोपकारी कार्यहरु समय समयमा गर्दै आइरहेको छ।

 

rsn nepal corona specific relief package distribution program

Must View