नेपालको परिपेक्ष्यामा कोभिड १९ -मिरा शाह
शून्य छन्, बाटोहरु, शान्त छन्, गल्लि पनि
चारैतिर निश्ब्द छन्, देखिँदैन जमघट पनि ।
सुन्छु क्यारे मलामी पनि धेरै जना जान हुन्न
धेरैको तँ के कुर, मरेकालाइ अङाल्न नि पाइन्न
सेतो कात्रो छैन अब्, प्लाश्टििक मा बेरेर पुग्दो रहेछ
आफ्ना रहर्, इच्छाहरु, लाशसङै जल्दो रहेछ ।।
हरे दैब कस्तो यो विपद् आयो आज जताततै
किरोनाको कहरले मनै विचलित भयो सबैको
बाहिर निस्कन नमिल्ने, साथिभाइ समाजसंग टाढा मात्र नभई
आफन्तलाइ समेत बिरानो भएर बस्नु पर्ने ।।।
उपचार छैन यो कोभिडको महामारिको अहिले सम्म पनि
घरभित्र सुरक्षित बसि, ज्यान जोगाउ कसोगरि
पल्लाघरे सानि रुँदै छिन् , आमा खान देऊ भनि
बिचरि आमा, ढुङा उमाल्दै, पाक्दैछ् नानि, पर्ख एकछिन भनि ।।।।
काम छैन , पेट पाल्ने कसरि, जाउ भयो कता जाउ
बाहिर शान्त भएँ नि, भयावह चित्कार सुनिन्छ
यो कसैको चित्कार होइन, नेपालआमाको आर्त्नाद हो
पर्ख पर्ख मेरा सन्तानहरु, केही दिन धैर्य गर भन्दैछिन
बिरानो भयो सबैजना , नआत्तिइ ज्यान जोगाउ आफै पनि
फर्क फर्क हे वीर सपुतहरु, बिदेशिएका सन्तानहरु
आफ्नो पसिनाले जन्मेका भूमिलाइ ऊर्बर बनाउ
त्यो धन्, त्यो कठोर मन्, केही गर्न सक्दैन सधैंभरी ।।
बुढापाखा, स साना बालबालिका नानिस्कौ यो बेला
गर्भवती , सुत्केरी आमाहरु, सुरक्षित बसौ भित्र रही
पकबान होइन, ज्यान जोगाउ, जसो तसो बाच्नलाइ
जिउ मात्र बलिया होइन, आत्मविश्वास नि दरिलो बनाउ यहीं बेला ।।।।
यो सारा नेपालिको परीक्षाको अबस्था हो, बुझौ ज्ञानि बनि
समाजिक दुरी ठीकै हो, शारिरिक दुरी नि बेस भनि
पारिबार सँगै माया, स्नेह साटदै सम्मान गरौं सबैजना
नानिबाबुलाइ गिता, भागबत्, सबै ग्रहन्थको उपदेश नि लिन भनौ ।।।।।।
पाइन्न यो अबसर अब्, फेरी पनि यसरि, सँगै बसन पाएने
परीक्षाको घडी सकिन्छ , खुसीको फल पाइन्छ्, अबस्य पनि
गर्न नापाएका रहरहरु ,यहि बेला पुरा गरौं मिलिजुलि
हातेमालो गर्दै, भलाकुसारि गर्दै, पुराना ति मिठा दिनहरु सम्झौ ।।।।।।
घरभित्र पनि, प्राबिधिक सुविधाले सँगै भएको भान हुन्छ
केही गर्न नसकेनि, बोलेर, हेरेर सान्त्वना पसिरहेका हुन्छ
प्रकृतिले चारैतिर हरियालीको घुमटो ओढेको छ
शान्त्, स्वच्छ , बाताबरनले मनै हर्षित बनाएको छ ।।।।
- मिरा शाह ( एडिटर)
क्लब अफ कीर्तिपुर