आजदेखि निजी सवारीमा जोर विजोर लागू, दुई पांग्रेमा एक जना मात्र
2.6K
काठमाडौँ । सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै जेठ २९ गतेबाट (शुक्रबारदेखि )जोरविजोर प्रणालीमा निजी सवारी साधान चलाउने पाइने भएको छ ।
जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन । उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिने छ ।
यसअघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्नु पर्नेछ ।