लकडाउन खुकुलो कि कडा: जोर विजोर लागू, मोटरसाइकलमा चालक मात्र चढ्न पाउने
1.9K
काठमाडौं । सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ ।
निजी सवारी साधान सञ्चालनमा भने सहज हुने भएका छ । उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ ।
पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । त्यस्तै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ ।
यो व्यवस्था बिहीबारदेखि नै लागू हुनेछ ।