यस वर्षको एसईई परीक्षा नलिने सरकारको निर्णय
1.7K
काठमाडौं । सरकारले २०७६ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा नलिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।
अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर पठाउनेछन् र त्यसकै आधारमा परीक्षा बोर्डले ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गर्नेछ
तत्काल एसईई परीक्षा सञ्चालन हुन नसक्ने अवस्था सिर्जना भएपछि सरकारले परीक्षा लिने पुरानो परिपाटीमा परिवर्तन गरेको हो । सरकारको यो निर्णयसँगै एसईई परीक्षाका बारेमा लाखौँ विद्यार्थी तथा अभिभावकमा रहेको अन्यौल हटेको छ ।