नागरिक पोष्ट News


सुनको भाउ फेरि बढ्यो, तोलाको ८८ हजार ६ सय पुग्यो

1.6K

 सुनको भाउ तोलामै ९०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला छापावाल सुन ८८ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८८ हजार १६० रुपैयाँ कायम भएको छ। यो भाउ नेपालकै इतिहासमा उच्च पनि हो।

लकडाउनको ७५ दिनपछि आइतबार कारोबार खुल्दा कारोबार एकैपटक तोलामा १० हजार ४०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ८७ हजार ४०० रुपैयाँ कायम भएको थियो।

मंगलबार सुनको तोलामा २०० रुपैयाँ बढ्दै छापावाल सुन ८७ हजार ७०० रुपैयाँ र तेजाबी सुन ८७ हजार २६५ रुपैयाँ कायम भएको थियो। 

अस्ति सोमबार तोलामा १०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला ८७ हजार ५०० रुपयाँ र तेजाबी सुन ८७ हजार ६५ रुपैयाँ कायम भएका थियो। 

Must View