नागरिक पोष्ट News


नेपालमा कोरोना साउनको मध्यमा उच्च बिन्दुमा पुग्ने

1.7K

काठमाडौं । बजेट कोरोनालाई समाप्त पार्ने कुरामा नै केन्द्रित रहेको प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।

आज संसदमा बजेटका विषयमा सांसदहरुले उठाएको सवालहरुको जवाफ दिँदै उनले केही सांसदले कोरोना नियन्त्रणमा सरकार उदाशीन भएको बताएको भन्दै यस्तो बताएका हुन् ।

उनले सरकारको सारा ध्यान कोरोना नियन्त्रणमा भएको र बजेट स्वास्थ्यमै केन्द्रित भएको पनि बताए ।

विश्व स्वास्थ्य संगठनको आधारमा हेर्ने हो भने साउनको मध्यमा उच्च बिन्दुमा पुग्ने र कार्तिकबाट कम हुने उनले बताए ।

त्यसो नहुन पनि सक्छ तर त्यो आँकलन विश्व स्वास्थ्य संठनको हो उनले भने । उनले विदेबाट आउने व्यक्तिहरुको संख्या बढेसँगै यो बढ्न सक्ने पनि बताए । 

Must View