रात भरि नै जागा बसेको त्यो दिन.......
जित बहादुर लामीछाने
मिति 2077/02/19
शिब रात्रीको दिन थियो। बिहानै देखि साथिहरु "आज त रमाईलो गर्नु पर्छ " भन्दै थिए। के रमाइलो गर्ने हो केही थाहा थिएन। दिउसो पख सबै साथिहरु हाम्रो कोठामा जम्मा भए ।बेलुकी धुनी बाल्ने र घोट्टा बनाएर खाने निधो भयो।घर वरपरका सबै गरि 10/12 जना साथीहरु जम्मा भयौ।प्रत्येक जनाले रु 15 उठायौ । त्यती बेलाको रु 15 को क्रय शक्ति नै बढी थियो। साथिहरुले बेलुकी साझ पख पाल्पा बजारबाट दाउरा किनेर लियाई घरकै कम्पाउन्डमा धुनी बाल्न थाले। धुनीको वरिपरि बसी "हरे शिव! हरे शिव ! जय शम्भो ! भोलेनाथ" भनी शिबको पुकार गर्न थाले ।कोही भने घोट्टा बनाउन लागे। राती करिब 10 जती बजेको होला शिबजी को प्रसाद भन्दै घोट्टा खान सुरू भयो। सुरुसुरुमा सबैले रमाउदै ,उफ्रदै घोट्टा खाए। खोई कसरि बनाए ? निकै मीठो र स्वादिलो भएकोले सबै जनाले तछाड र मछाड गर्दै मागेर नै खान थाले। साएद घोट्टा लागेर उनिहरु हौसिएर पनि त्यसो गरेका होलान।मैले पनि प्रथम पटक साथिहरुको लहै लहैमा खाए। घोट्टा मीठो नै लाग्यो । खाएको अली केही समय पछी हल्का कता कता घुमाए जस्तो लागेको थियो। बोली पनि लथेब्रो भएर आयो। साथिहरुले जोडबल गरे पनि मैले दोस्रो पटक भने खाइन। सबै साथिहरुको बोली नै लरबरिएर केही नबुझिने भयो।
यसरी सबैजना रमाइ रहेको अवस्थामा अचानक" ढुंगाले हान्यो" भनी हो हल्ला भयो। सबै साथिहरु मुख्य सडक तिर ढुंगा हान्ने को रहेछ भनेर हेर्न दौडिए तर त्यहा कोही पनि फेला परेन। फेरी फर्किएर सबैजना आफ्नै ठाउमा आयौ। यसरी रमाइलो गर्दा गर्दै रातको एक जती बजेछ। हामी सबै आ-आफ्नो कोठा तिर लाग्यौ। दीपकलाई भनेअली बढी नै घोट्टा लागे छ। खुट्टाले समेत टेक्न नसक्ने अबस्थामा थिए । उनी आफ्नो कोठामा सुत्न नगई प्रेमसंग भुई तलाको कोठामा सुत्न गएका रहेछन। सुत्नु को सट्टा उनले उपद्रो पो गर्न लागेछन। बिचरा प्रेम एक्लै के गर्नु? हामी आएको केही बेरमा नै प्रेम दौडिएर कोठाको ढोका ढक ढकाउन आई पो हाले। उनले दिपकको बारेमा हामीलाई सबै कुरा हतार हतारमा बेलिबिस्तार गरे। म लगाएत रुद्र र लक्ष्मण तिनै जना तल ओर्लियौ। त्यहा पुग्दा दिपक लर बराएको आवाजमा जोड जोडले काप्दै थिए । हामीलाई अली डर महशूस भयो। केही भैहाल्ने हो की जस्तो लाग्यो। मैले उनको आन्टिलाई बोलाउने बिचार गरे।तर उनीलाई बोलाउदा हामीलाई नै अप्ठ्यारो पर्न जाने भएकोले नबोलाऊने निधो गरयौ ।
एक घन्टा सम्म दिपक काप्न र रुन थाले ।पानिले पनि छम्कियौ । त्यस पछी त ऊनी पुरै पहिला भन्दा अझ बढी नै थर थर काप्न थाले । प्रेम र म भएर उनको शरिर दबाउन लाग्यौ । रुद्र र लक्ष्मणले हात र खुट्टा समातेर दबाए तर सम्हाल्न नै गाहारो भयो। अब त ऊनी काप्ने मात्र होइन हामी सँगै लड्न खोजे । रातिको करिब 2 बजी सकेछ। केही त गर्नु पर्ने नै भयो। दिपकलाई सुताएको कोठा सँगै भर्याङ् मुनी हेर्न गएको एउटा डोरि भेटियो। तेही डोरीले दीपकको हात र खुट्टा बाध्यौ र सुत्ने खाटमा लडायौ । ऊनी अब भने उफ्रन सकेनन।केबल बर्बराइ मात्र रहे। करिब आधा घन्टा पछी ऊनी निदाए। मेरा मित्र लक्ष्मण र रुद्र लाई सुत्न पठायौ। प्रेम र म भने उनलाई कुरेर रातभरि नै जागाराम बस्यौ।
चिसोका कारणले होला बिहान करिब 6 बजे मात्र ऊनी होसमा आए।बाधेको डोरि फुकाई दियौ । त्यती बेला उनलाई घोट्टाले छाडे छ क्यारे "मलाई त भोक लागयो। केही खाने कुरा छ प्रेम जी?" उनले नरम बोलिमा सोधे । प्रेमले आफ्नो भान्सामा गएर केही चिउरा लिएर आए। करिब एक् माना जती चिउरा दीपकले पानी सित पकापक खाए । हामीलाई उनको अबस्था देखेर दया पनि लाग्यो। त्यस पछी उनी बिरालोको चाल जस्तै गरि तेस्रो तला माथीको आफ्नो कोठा तीर लागे । म पनि आफ्नो कोठामा लागे । भोलि पल्ट भने सबै जना अबेर सम्म सुत्यौ । टीयूसन पढ्न जाने त कुरै भएन। दिपक भने केही दिन सम्म आफ्नो कोठाबाट बाहिर निस्किएनन। प्रेमले अरू साथिहरु संग मजाक गर्दै थिए , " दीपकलाई फेरी पनि चिउरासंग घोट्टा खुवाउनु पर्ला।"
पाल्पाबाट छुटिएर हामी आफ्नो गाउघर तर्फ लाग्यौ।।तत्पस्चात दिपकसंग हाम्रो फेरी कहिलै भेटघाट भएन।काठमाडौं आएको 6/7 बर्ष पछी सुने धान कुट्ने मिलमा दुर्घटनामा परि उनको मिर्त्यु भयो रे! उनको यस मिर्त्युको खबरले म स्तब्ध भए ।दिपक आज हामी बिच नभए पनि उनको हरेक ती चन्चले कृयाकलाप भने मेरो मानसपटलमा अझै ताजै रहिरहेको छ ।
(सन्दर्भ पाल्पा अध्यन)