नागरिक पोष्ट News


समाजसेवी महेशजंग कुँवरको सक्रियतामा निरन्तर राहत वितरण

1.7K

काठमाडौं । कोरोना भाइरसका कारण जारी लकडाउनबाट पीडित परिवारहरुलाई राष्ट्रिय नागरिक बिकास समाजका केन्द्रीय अध्यक्ष महेशजंग कुँवरको सक्रियतामा निरन्तर राहत वितरण भैरहेको छ ।

बिश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा छाक टार्न समस्या भएका अति बिपन्न परिवारहरुलाई कुँवरको सक्रियतामा राहत सामग्री वितरण हुँदै आइरहेको हो ।

जारी लकडाउनका कारण काम तथा मजदुरी गर्न नपाएर पैसाको समस्याले छटपटिरहेका परिवारहरुलाई लकडाउन सुरुदेखी अहोरात्र खटिई राहत वितरण मार्फत सेवा दिदै आईरहेको केन्द्रीय अध्यक्ष कुँवर जानकारी दिए।

बुधवार बालाजु आसपासमा रहेका विपन्न परिवारलाई कुँवरको सक्रियत र समाजसेवी कविता केसीको संयोजकमा काठमाडौको म्हैपी मन्दिरमा चामल, दाल, आलु, नुन, तेल, साग जस्ता खाद्यान्न सामग्रीहरु राहत वितरण गरिएको छ ।

यसमा बिशेष सहयोगीको रुपमा छोरीको लागि छोरी अभियानकी संयोजक शोभा थापा, सामाजिक अभियन्ता ओम श्रेष्ठले रहेका थिए । पत्रकार दिपक घिमिरे लगायतको सहभागिता रहेके थियो ।

नेपाल सरकारले राहत वितरणका लागि विभिन्न प्रयास गर्दा समेत गरीब तथा बिपन्न वर्गको पहुँच भन्दा बाहिर रहेको परिवारलाई समेट्ने उद्येश्यले गरिएको यो कार्य अत्यन्तै सराहनिय रहेका स्थानीय हरुका तर्क रहेका छन ।

यस अघि पनि नागरिक बिकास विभिन्न ठाँउमा भोजन, मठ मन्दिर, आश्रमहरुमा निरन्तर सहयोग गर्दै आईरहेको छ ।

Must View