सचेत रहनुहोस् ! अष्ट्रेलियामा एशिया मुलका विद्यार्थीमाथि जातिवादी आक्रमण हुन सक्छ
एजेन्सी, चीनले अष्ट्रेलियामा अध्ययन गरिरहेका आफ्ना विद्यार्थीहरूलाई सावधानी अपनाउन चेतावनी दिएको छ । आउँदो दिनमा उनीहरूले जातिवादको आक्रमण सामना गर्नु पर्ने हुन सक्ने चेतवना दिएको हो ।
चीनको शिक्षा मन्त्रालयले यस सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै महामारीको बेला अष्ट्रेलियामा एसियाली मूलका मानिसहरु बीच विभेदका धेरै घटनाहरू भएको उल्लेख गरिएको छ ।
धेरै मुद्दा तथा विषयमा एशियाली नागरिकहरूलाई जानाजानी लक्षित गरिएको र विश्वव्यापी रूपमा फैलिरहको कोरोनाको प्रकोप अझै प्रभावकारी रूपमा नियन्त्रण नगरिएकोले विश्वविद्यालयको खुला क्याम्पस घुमाउन र घुम्न जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । तर अष्ट्रेलियाका शिक्षामन्त्री दान तेहानले चीनको यस दावीलाई अस्वीकार गरेका छन् । विश्वविद्यालयहरू पूर्णतया सुरक्षित रहेको उनले बताए ।