नागरिक पोष्ट News


नेपालमा कोरोनाबाट थप एकको मृत्यु, संक्रमित ३२३ जना थपिए, संक्रमितको संख्या ४ हजार माथि पुग्यो

2.2K

२७ जेठ, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा उपचारत ६८ वर्षीय पुरूषको मंथलबार विहान निधन भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार ८५ जना पुगेको छ ।

सबैभन्दा धेरै महात्तेरीमा ५० जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सल्यान, नवलपरासी र सिराहामा १२/१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १०/१०, बाँके ९, डडेलधुरा र सप्तरीमा ७/७, दाङ ६, सुर्खेत ४, मोरङ ३ र जुम्ला र नुवाकोट २/२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

इलाम, सुनसरी, धादिङ, म्याग्दी र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

Must View