नागरिक पोष्ट News


दुःखद घटना : जागिरबाट हटाएको भन्दै आफैँलाई पेट्रोल छर्केर आत्मदाह उपचारका क्रममा मृत्यु

2.2K

जेठ २६ गते । जागिरबाट हटाएको भन्दै आफैँलाई पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको छ । सोमबार बिहान बयलपाटा अस्पतालको आकस्मिक कक्षअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका साँफेबगर नगरपालिका–६ भागेश्वरका सिद्धान्त आउजीको मृत्यु भएको हो ।

अस्पतालको सरसफाइ कर्मचारीको रुपमा मृतक डेढ वर्षदेखि कार्यरत थिए । अस्पतालमा आर्थिक सङ्कट परेको भन्दै सिद्धान्तलगायत ३२ जना कर्मचारीलाई करार सम्झौता नगरेको बताइएको छ ।

Must View