सर्लाहीमा एकैदिन १२० सङ्क्रमित भेटिए
1.7K
सर्लाहीमा सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार ब्रह्मपुरी गाउँपालिकाका ४३ जना, विष्णु गाउँपालिकाका ३४ जना, ईश्वरपुर नगरपालिकाका १८ जना, चक्रघट्टा गाउँपालिकाका १५ जना, बलरा नगरपालिकाका नाै जना र रामनगर गाउँपालिकाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित सबै भारतबाट आएर सम्बन्धित पालिकाको विभिन्न क्वारेन्टाइनमा बसिरहेकाहरू हुन् ।