चितवनमा दुई चिकित्सकसहित २३ जनामा कोरोना संक्रमणको पुष्टि
1.8K
चितवनमा दुई चिकित्सकसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २३ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।
तीमध्ये १७ जना चितवनका, पाँच जना नवलपरासी पूर्वका र एक जना धादिङका रहेका छन् ।
संक्रमितमध्ये माडी नगरपालिकाका ६ जना भरतपुर महानगरपालिका क्वारेन्टिनमा रहेका ४ जना, भरतपुर महानगरपालिका- ४ का १ जना, एनपीआई अस्पतालमा रहेका २ जना, पुरानो मेडिकल कलेजमा रहेका २ जना, चिकित्सक २ जना रहेका छन् ।
धादिङका संक्रमित गजुरी गाउँपालिकाका हुन् ।
- Onlinekhabar.com