लकडाउनमा बैङ्क निक्षेप १ खर्ब २७ अर्ब र कर्जा लगानी ११ अर्ब
2K
काठमाडौं । लकडाउनयता बैङ्क तथा वित्तीय संस्थाहरूले एक खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
नेपाल राष्ट्र बैङ्कको तथ्यांकअनुसार लकडाउन सुरु भएको दिन ११ चैतमा क, ख र ग वर्गका यी संस्थाहरूमा ३५ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप थियो। २४ जेठसम्म आइपुग्दा यो बढेर ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैङ्कले बताएको छ । कर्जा लगानी अझै सुस्ताएको छ । दुई महिनाभन्दा लामो समय भएको लकडाउनमा जम्मा ११ अर्ब रुपैयाँमात्रै ऋण लगानी भएको राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।
११ चैतसम्ममा बैङ्क तथा वित्तीय संस्थाहरूको ३२ खर्ब १८ अर्ब रुपैयाँ लगानीमा रहेको थियो । त्यो बढेर २४ जेठमा ३२ खर्ब २९ अर्ब रुपैयाँमात्रै पुगेको प्रवक्ता भट्टले बताए । लकडाउनमा आर्थिक क्रियाकलापहरू ठप्प भएका कारण बैङ्कहरूमा कर्जा लगानी कम भएको हो ।