नागरिक पोष्ट News


यसरी चल्ने भो सार्वजनिक यातायात,यात्रुले मास्क अनिवार्य र स्यानिटाइजर बोक्नुपर्ने

1.9K

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका बनाएको छ ।  तायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका अनुसार  यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायीले ध्यान दिनुपर्नेछ । प्रस्तावित मापदण्डअनुसार सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्रै यात्रु चढाइनेछ ।  त्यसैगरी सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने छन् । यात्रुले आफैंले स्यानिटाइजर बोकेको हुनुपर्ने प्रस्ताव गरिएको छ । सार्वजनिक यातायात चढ्ने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।

दैनिक रुपमा गाडीमा डिस(इन्फेक्सन स्प्रे छर्किनु पर्नेछ । सम्भव भएसम्म भाडाको भुक्तानी डिजटल ९विद्युतीय० माध्यमबाट गर्ने, नभए बसभित्र एउटा बाकस राखेर भाडा त्यसैमा तोकिएको खसाल्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव छ ।

बसपार्क र बिसौनीहरुमा यात्रुहरुले सामाजिक दूरी कायम गर्नुपर्ने र लामबद्ध भएर सवारी चढ्नुपर्ने नियम लगाउन लागिएको छ । त्यसको निगरानी नेपाल प्रहरीले गर्नेछ । निर्देशिकाले सामाजिक दुरी कायम राखेर यातायात चलाउन दिइने भएपछि भाडा भने बढ्ने भएको छ ।   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा महासचिव सरोज सिटौलाले सवारीभित्र यात्रु संख्या घट्ने भएकाले भाडाको विषयलाई सरकारले उचित तवरले सम्बोधन गर्नुपर्ने बताएका छन् । व्यवसायीहरुले दुई वटा सुझाव छन् । पहिलो, हालको भाडादरमा बृद्धि गर्ने । दोस्रो, सरकारले व्यवसायीलाई अनुदान दिने । भाडा बढाउन नसक्ने हो सरकारले घाटा पूर्तिका लागि कम्पनीहरुलाई अनुदान दिनुपर्ने व्यवसायीहरुले बताएका छन् । यस्तो अवस्थामा सरकार भने भाडा बढाउने गृहकार्यमा जुटेको छ ।

Must View