नागरिक पोष्ट News


भारतमा एकैदिन कोरोनाबाट अहिलेसम्मकै धेरै मृत्यु, संक्रमित दिनको १० हजार नाघे

1.7K

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च गतिमा पुगेको छ ।

भारतमा एकैदिन १० हजार ५२१ जना नयाँ संक्रमित थपिएका छन् । जबकि शनिबार ९ हजार ४७१ जना संक्रमित थपिएका थिए । त्यसअघि शुक्रबार ९ हजार ८३८ जना संक्रमित थपिएका थिए । 

त्यस्तै मृतक २४ घण्टामा २९७ जना थपिएका छन् । शनिबार २९६ जना थपिएका थिए । शुक्रबार २७४ थपिएका थिए । आइतबार अहिलेसम्मकै सबैभन्दा बढी मृतक थपिएका हुन् । 

अहिलेसम्म भारतमा संक्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको छ । मृतकको संख्या ६ हजार ९४६ पुगेको छ । 

संक्रमित बढिरहे पनि निको हुनेको संख्या समेत बढ्दै गएको छ । अहिलेसम्म १ लाख १८ हजार ६९५ जना डिस्चार्ज भएका छन् । 

Must View