नागरिक पोष्ट News


थप १०२ जना कोरोनाबाट निको भए, नेपालमा निको हुनेको संख्या ४६७ पुग्यो

1.7K

काठमाण्डौं । नेपालमा आजमात्रै कोरोना संक्रमणबाट मुक्त भएर १०२ जना घर फर्किएका छन् ।

स्वास्थ्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाानमा उपचाररत १२ जना रहेका छन् । झापाका उनीहरु १० दिनको उपचार पश्चात निको भएर डिस्चार्ज भएका हुन् ।

त्यसैगरी कैलाली अस्पतालबाट बाराका ३४ जना डिस्चार्ज भएका छन् । उनीहरु ९ देखि ११ दिनको उपचारपछि घर फर्किएका हुन् ।

काठमाण्डौंको बलम्बुमा रहेको कोभिड १९ युनिफाइड अस्पतालबाट महोत्तरीका १ जना डिस्चार्ज भएका छन् । उनी ९ दिनमा निको भएर घर फर्किएका हुन् ।

त्यस्तै बुटवलको कोरोना विशेष अस्पतालबाट कपिलवस्तु र रुपन्देही २७ जना डिस्चार्ज भएका छन् । उनीहरु १३ देखि २७ दिनमा डिस्चार्ज भएका हुन् ।

त्यसैगरी कोरोना विशेष अस्पताल दाङ बेलझण्डीबाट १० जना डिस्चार्ज भएका छन् । बाँके, दाङ, बर्दिया र कपिलवस्तुका उनीहरु १५ देखि २३ दिनमा डिस्चार्ज भएका हुन् ।

त्यस्तै गौरमा रहेको नर्सिङ इन्स्च्युटबाट १८ जना डिस्चार्ज भएका छन् । रौतहटका उनीहरु २० दिनको उपचारपछि डिस्चार्ज भएका हुन् । आज डिस्चार्ज भएका १०२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४६७ पुगेको छ । जसमा ३९९ पुरुष र ६८ जना महिला रहेका छन् ।

Must View