नागरिक पोष्ट News


खतराको घण्टी, आरडीटी परीक्षण गरेर घर पठाएका ८७ जनामा कोरोना संक्रमण भेटियो

3.4K

 दैलेखको नारायण नगरपालिकाले पनि नारायण क्याम्पस र माविको क्वारेन्टिनमा रहेकाहरूको आरडीटी टेस्ट गर्दै ८२२ जनालाई घर पठाएको थियो । तर शुक्रबार एकै पटक १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो । त्यसमा आरडीटी नेगेटिभ आएको भनेर घर पठाइएका ८७ जना छन् । भारतबाट जिल्ला जिल्ला फर्कनेहरु ह्वात्तै बढेपछि क्वारेन्टिनमा व्यवस्थापन गार्हो भएको भन्दै आरडीटी परीक्षण गरेर घर पठाउँदा जोखिम बढेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।  यसरी यति धेरै संख्यामा आरडीटि परीक्षण गरेकाहरु संक्रमित भेटिएपछि गाउँ गाउँमा कोरोनाको जोखिम बढाएको छ । यसप्रति सम्बन्धित निकायको बेलैमा ध्यान जानुपर्ने देखिन्छ ।

Must View