नागरिक पोष्ट News


सामाजिक न्यायका लागि त्रिवि विद्यार्थीको ऐक्यबद्धता : दलितमाथि दमन किन ?

1.1K

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले रुकुम पश्चिम घटनालाई नेपाली समाजको जातिवादी संकिर्णताको पराकाष्ठा भएको बताएका छन् ।

मानवशास्त्र दर्शनाचार्य (एम.फिल.) बिद्यार्थी २०७६/७७ का २३ विद्यार्थीले सामूहिक विज्ञप्ति जारी गर्दै सो घटनाले समाजको सांस्कृतिक, सामाजिक र राजनीतिक चेतनाको स्तरलाई उदांगो पारेको बताएका छन् ।

विद्यार्थीहरुले गैरदलित समुदाय, प्राज्ञिक केन्द्रहरु र बौद्धिक जमातको मौनताले भविष्यमा सम्भ समाजको निर्माणको सवालमा गम्भीर प्रश्न उठेको बताएका छन् ।

उनीहरुले समानता र समभावको समाज निर्माणका लागि गम्भीर प्रश्न पनि उठाएका छन् । उनीहरुले पश्चिम रुकुमको घटनामा मृत्युवरण गरेकाहरुलाई न्यायको माग गर्दै उठाएका प्रश्न यस्ता छन्, ‘एक पटक सोचौ त, सदियौदेखि दलितका कस्ता क्रियाकलापहरु गैरदलितका बिकास र खुशीका बाधक भए ? दलितमाथि सधै अन्याय र दमन किन कायम छ ? जातीय विभेदका विरुद्धमा हाम्रा परिवार भित्र कत्तिको बहस चलायौ ? जातीय विभेद र दलन, मानव सभ्यताको कलंक र कालो धब्बा हो भन्ने कुरा हामीले कति बहसमा ल्यायौ ? आजसम्म हाम्रा बहस र जागरण परिवर्तनका हिमायती किन हुन् सकेनन् ? हाम्रा कानुनका मानकहरुको परिपालन गर्ने सन्दर्भमा सरकार किन सधै चुकिरहेको छ ? यस्ता घटनाको निरन्तर साक्षी भई रहदा के तपाइलाई पिरोलेको छैन ? यदि छ भने सतही र खोक्रा सहानुभूतिका शब्दहरु मात्र किन अर्पण गर्नुहुन्छ ? न्याय र समानताको लागि अब पनि नबोल्ने ? नलड्ने ?’

 

 

Must View