नागरिक पोष्ट News


लकडाउन तत्काल खोल्न नहुने, नयाँ मोडालिटी सहित लकडाउन खोल्ने सीसीएमसीको प्रस्ताव

2.3K

काठमाडौं । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)ले असार १ गतेपछि लकडाउन खोल्ने विस्तृत मोडालिटी तयार पारेको छ ।  सरकारले जेठ ३२ गतेसम्म लकडाउनलाई कायमै राखेको छ । त्यसपछाडि क्रमशः खुकुलो बनाउने बताइरहँदा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सीएमसीले विस्तृत योजना मस्यौदा गरेको हो ।

उच्चस्तरीय समितिले लकडाउनको मोडालिटी तयार पार्न नसकिरहेकै बेला नेपाली सेनाको समेत सक्रिय सहभागिता रहेको सीसीएमसीले भने असारको सुरुवाती दुई साता लकडाउन खुकुलो बनाउन नहुने बेग्लै प्रस्ताव तयार पारेको छ ।

बन्दाबन्दी खुकुलो बनाउँदा कोरोना संक्रमण अझै बढ्ने र जनमासनसमा त्रासको वातावरण बन्ने उसको निष्कर्ष छ । उसले भनेको छ, बढ्दो संक्रमण र समुदाय स्तरमा समेत संक्रमण फैलिएकाले खुकुलो डाउनमा जाँदा कुनै पनि बेला भयावह स्थिति सिर्जना हुनसक्छ ।’

अनलाइनखबरलाई प्राप्त मस्यौदा अनुसार सीसीएमसीले लकडाउन खुकुलो गर्ने पाँच तह बनाएको छ । जेठ ३२ सम्म कायम रहेको बन्दीबन्दी सकिएको दुई सातासम्म पहिलो चरण लागू गर्ने उसको प्रस्ताव छ । यो चरणमा सुरक्षा उपाय अपनाएर आन्तरिक सवारी उडान आंशिक रुपमा खोल्न सकिने उल्लेख छ । यसबाहेक अरु बन्दाबन्दी अहिलेकै स्वरुपको लागू हुनेछ ।

असार तेस्रो र चौथो साता दोस्रो चरण लागू हुनेछ । यसमा भने लकडाउन केही खुकुलो हुनेछ । सीसीएमसीको प्रस्ताव अनुसार यो चरणमा जिम, मर्निङ वाक, सरकारी तथा निजी कार्यालय, साना तथा घरेलु उद्योग, वाहृय उडान आंशिक रुपमा खुला गर्न सकिने प्रस्ताव छ ।

सार्वजनिक यातायात तेस्रो चरणमा मात्र खुल्ने सीसीएमसीको प्रस्ताव छ । यो चरणमा ५० प्रतिशत यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने, विद्यालयहरुमा भर्ना प्रक्रिया सुरु गर्न दिने र होम डेलिभरी गर्ने गरी होटल रेष्टुँरा खोल्ने प्रस्तावमा उल्लेख छ ।

ईश्वर पोखरेलको नेतृत्वमा समितिले तयार पारेको प्रस्तावमा भने जेठ २५ देखि नै लकडाउन खुकुलो पार्ने, जिल्लाभित्र आन्तरिक सवारी साधन चलाउने, असार १ देखि आधा यात्रुहरु राखेर हवाइ उडान सञ्चालन गर्ने अनि असार १७ देखि शैक्षिक संस्थाहरु खोल्ने भनिएको हो ।

Must View