नागरिक पोष्ट News


चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

2.5K

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा फिल्म निर्देशक दयाराम दाहाललाई नियुक्त गरेको छ।  मन्त्रीपरिषद्को बैठकले दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बोर्ड ६ महिनादेखि नेतृत्वविहिन थियो ।  तत्कालिन अध्यक्ष केशव भट्टराइको निधन भएपछि बोर्ड नेतृत्वविहिन भएको हो । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद्को बैठकले दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

दाहालले अब २ बर्ष विकास बोर्डको नेतृत्व गर्नेछन् । दाहाल चलचित्र विकास बोर्डको सदस्य समेत हुन् ।

Must View