नागरिक पोष्ट News


नेपालमा कोरोनाबाट थप एकजनको मृत्यु, कोरोना संक्तमित ३ हजारको आसपासमा

2.3K

काठमाडौँ, जेठ २३ गते । नेपालमा कोरोनाबाट  सुर्खेतको पञ्चपुरीका २८ वर्षीय पुरुषको मृत्यु भएको छ ।यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।  

एकैदिन नेपालमा थप २७८ सङ्क्रमित, कुल सङ्ख्या २९१२ पुग्यो

जेठ २३ गते । नेपालमा शुक्रबार कोरोना भाइरसको २७८ सङ्क्रमित थपिएका छन् । योसँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट दुईहजार ९१२ सङ्ख्या पुगेकाे नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । शुक्रबार ४३ जना थप डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज हुनेको सङ्ख्या ३३३ जना पुगेको छ ।

Must View