नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या २९० पुग्यो
2.1K
काठमाडौँ, कोरोना भाइरसको सङ्क्रमणबाट जेठ २२ गते थप १२ जना निको भएर घर फर्किएका छन् । योसँगै निको भएर डिस्चार्ज हुनेको सङ्ख्या २९० पुगेको छ ।
पुरुष २३४ र महिला ५६ जनालाई पूर्ण रुपमा निको भएको छ ।
उपचारत संक्रमित अरु सबैको अबस्था सामान्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दएका छन् ।