नागरिक पोष्ट News


लकडाउन खुकुलो भएको छैन, बन्दाबन्दीमा काठमाडौंमा बजार खोल्न नदिने प्रशासनको निर्णय

2.2K

काठमाडौं ।काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीवार बसेको संयुक्त बैठकले अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय गरेको छ । कोरोनाा भाइरस(कोभिड–१९) नियन्त्रणका लागि चैत ११ यता निरन्तर बन्दाबन्दी हुँदै आएको छ । अत्यावश्यक वस्तुु तथा सेवाबाहेक बजार पसल खुल्न नसकेपछि व्यवसायीले बजार खोल्न दबाब दिँदै आएका छन् ।

 सरकारले अर्को निर्णय नगरेसम्म बन्दाबन्दीमा बजार तथा पसल खोल्न मिल्दैन त्यसका लागि सरकारको निर्णय नै आउनुपर्छ, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भन्नुभयो । 

आन्तरिक राजस्व विभागले कर लगायत विभिन्न शुल्क चुक्ता गर्न ताकेता गरेसँंगै व्यापारी बन्दाबन्दीका बीचमा पनि बजार तथा पसल खुलाउन बाध्य भएका छन् । बिहीबार बिहान न्यूरोड, असन, खिचापोखरी र इन्द्रचोक लगायतका क्षेत्रमा फाट्टफुट्ट पसल खुलेका थिए ।

Must View