नागरिक पोष्ट News


२८ औं प्रहरीको आईजीपीमा कुशल र नेतृत्वदायी भूमिकामा शैलेश थापा क्षेत्रीको चर्चा

5K

 २०७७ असार २५ गतेबाट नेपाल प्रहरीले २८ औं आईजीपी पाउने छ । नयाँ प्रहरी महानिरीक्षक (आईजीपी)का लागि मुख्य रूपमा २ जना एआईजीपीहरूकाे चर्चा रहेकाे छ । २ जना एआईजीपीहरूका साथै अन्य तीन जना डीआईजीपी पनि आईजीपीका लागि प्रतिस्पर्धीका रूपमा चर्चामा रहेका छन् । 

सरकारले चाहेमा  एआईजीपी वा डीआईजीपीहरू मध्येबाट आईजीपी नियुक्त गर्न सक्ने व्यवस्था भएकाले आईजीपीकाे मुख्य  प्रतिस्पर्धामा एआईजीपीद्वय शैलेस थापा क्षेत्री, हरि वहादुर पाल देखा परेका छन् । तर,  आईजीपीकाे चर्चामा  डीआईजीपीहरू निरज शाही, प्रद्युमन कार्की र विश्वराज पाेखरेलकाे पनि रहेका छन् । तीन  डीआईजीपीहरू मध्येबाटै  २०७७ असारमै आईजीपीकाे बन्ने हुन् कि भन्ने चर्चामा रहेका यी तीन डीआईजीपीहरू निरज शाही, प्रद्युमन कार्की र विश्वराज पाेखरेल मध्ये दुई जना  २०७७ असार २५ गतेपछि  एआईजीपी  बन्ने चाहिं पक्कापक्की छ ।

गृह मन्त्रालय स्राेतका अनुसार, भावी आईजीपीका लागि अनेक चर्चा चलेतापनि प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म नम्बर एक बन्ने साैभाग्य पाउँदै आएका, व्यवसायिक रूपमा  प्रतिबद्ध, कुनै विवादमा नपरेका हाल एक नम्बरमा रहेका वरिष्ठ एआईजीपी शैलेश थापा क्षेत्री नै ठाकुर ज्ञवाली अवकासपछि २८ औं प्रहरी महानिरीक्षक बन्ने सम्भावना रहेकाे छ। 

Must View