नागरिक पोष्ट News


कोरोनाबाट नेपालमा थप एकको मृत्यु, एकैदिन थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि

2.1K

काठमाडौं जेठ २२। कोरोना भाइरसको संकमणका कारण नेपालमा पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या नेपालमा सङ्क्रमित सङ्ख्या दुईहजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा पुरुष दुईहजार ४५०, र महिला १८४ रहेका छन् ।

Must View