निसर्ग चक्रवातको प्रभाव शुक्रबार र शनिबार नेपालमा चट्याङ सहित भारी वर्षा हुने
2.2K
काठमाडौं । अरब सागरमा विकसित शक्तिशाली चक्रवातको प्रभावले शुक्रबार र शनिबार नेपालमा पर्ने मौसमविद्ले बताएका छन् । मेघ गर्जन र चट्याङ सहित प्रदेश नं १, २, वागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् शान्ति कँडेललका अनुसार निसर्ग चक्रवातको असर नेपालमा शुक्रबार र शनिबार बढी पर्नेछ । शनिबारसम्म नेपालका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने र एक(दुई स्थानमा भारी वर्षासमेत हुने उनले बताइन्।
उच्च हिमाली भू(भागहरूमा हल्कादेखि मध्यम हिमपात हुने, नदीमा पानीको वहाव बढ्न सक्ने, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने र पहाडी भू(भागमा पहिरोको समेत जोखिम हुने पूर्वानुमानसमेत गरिएको छ ।